दमौली । तनहुँको व्यास नगरपालिका-३ फलफूल लाइनमा गत जेठ ७ गते आगलागी भएर पसल जलेका एक व्यवसायीलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड दमौली शाखाले बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।

सुवेदी दूध डेरी पसलका सञ्चालक धनन्जय सुवेदीलाई कम्पनीले बीमा बापतको रु आठ लाख हस्तान्तरण गरेको हो ।

आगलागीबाट सुवेदीको पसलका सबै सामान जलेर नष्ट भएको थियो । कम्पनीमा जोखिम बहनका लागि सुवेदीले बीमा गरेकाले उनलाई उक्त रकम हस्तान्तरण गरिएको शाखा प्रमुख रोविन श्रेष्ठले जानकारी दिए ।

व्यवसाय गर्नेले जोखिम बहनका लागि बीमा गर्न अति आवश्यक रहेको उनले बताए ।

जेठ ७ गते राति भएको आगलागीबाट त्यहॉका २१ सटर जलेर नष्ट भएको थियो । जलेका सटर हाल पुननिर्माण गर्ने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *