दमाैली । लियो क्लव अफ तनहुँले व्यास नगरपालिका–३ दमौली स्थित बाल उद्यानमा खुल्ला पुस्तकालय स्थापना गरेको छ ।

क्लवले आइतबार बाल उद्यानभित्र रहेको भवनमा खुल्ला पुस्तकालय स्थापना गरेको हो ।

पुस्तकालयको उद्घाटन गर्दै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले बाल उद्यान घुम्न आउने सर्वसाधारणले पुस्तकालयबाट नयाँ कुरा सिक्ने पाउने बताइन् । उनले भनिन ‘आन्तरिक र वाह्य आगन्तुक पार्कमा आएर विभिन्न खाले पुस्तक पढ्न अब सहज हुनेछ । लियो क्लबले सुरुवातदेखि नै कार्यकालको अन्तिम दिनमा राम्रो काम गर्दै आएको उनले सो अवसरमा बताईन ।

यस्तै व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाले लियो क्लव अफ तनहुँले समाजको आवश्यक्ता बुझेर काम गर्दै आएको बताए । उनले अगाडी थपे ‘युवा जोश र सोचले भरिपूर्ण क्लबले गरेका काम समाजका अन्य वर्गले पनि सिक्नुपर्ने देखिन्छ ।’ आफ्नो गोजीबाट पैसा राखेर पनि समाजमा देखिएका विभिन्न खाले समस्यामा सहयोग गर्दै आएको भन्दै उनले क्लबको प्रशंसा गरे ।

 

लायन्स क्लव अफ नेपाल डिष्ट्रिक्ट ३२५ एल नेपालका चिफ पिआरओ सुरेन्द्र पौडेलले लियो क्लवका हरेक कार्यक्रमम लायन्सले सहयोग गर्ने बताए।

लियो क्लव अफ तनहुँकी अध्यक्ष बसन्ती थापा मगरले बाल उद्यानमा शान्त वातावरण हुने हुँदा त्यहा घुम्न आउने आन्तरिक र वाह्य पुस्तक प्रेमीको लागी एउटै महत्वपुर्ण स्थान बन्ने बताईन । उनले थपिन ‘पार्क घुम्न आउने पुस्तकप्रेमीहरुलाई लक्षित गरी पुस्तकालय स्थापना गरिएको अध्यक्ष थापाले जानकारी दिइन् ।


उनले भनिन्, “पुस्तकालय दुई चरणमा सञ्चालन गरिनेछ । आगन्तुक व्यक्तिहरुका लागि पुस्तकालयमै अध्ययनको व्यवस्था मिलाइनेछ भने नियमित अध्ययन गर्नेहरुलाई छुट्टै व्यवस्थापन गर्ने सोच राखिएको छ ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *