लियो क्लव अफ तनहुँद्वारा पत्रकारद्वय श्रेष्ठ र न्यौपाने सम्मानित

Byखवरबाटिका

१८ असार २०८१, सोमबार १४:४७ १८ असार २०८१, सोमबार १४:४७ १८ असार २०८१, सोमबार १४:४७

दमाैली । लियो क्लव अफ तनहुँले जिल्लाका दुई पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा खबरवाटिका डटकमका कार्यकारी सम्पादक किरण श्रेष्ठ र खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक कृष्ण न्यौपाने रहेका छन् ।

क्लवले गरेका विभिन्न सामाजिक गतिविधिलाई समाजमा चित्रण गराउन महत्वपूर्ण योगदान दिए बापत श्रेष्ठ र न्यौपानेलाई दोसल्ला र प्रशंसापत्रले सम्मानित गरिएको हो ।

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, लायन्स क्लव अफ नेपाल डिष्ट्रिक्ट ३२५ एल नेपालका चिफ पिआरओ सुरेन्द्र पौडेल र लियाे क्लवकी अध्यक्ष बसन्ती थापा मगरले उनीहरुलाई सम्मान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *