दमौली । दमौलीका गायक तथा संगितकार नवराज थापाको नयॉ गीत ‘अल्लारे’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ । उक्त गीतको भिडिओ शनिबार सार्वजनिक भएको हो ।

असार १५ को अवसर पारेर गायक थापाले भिडिओ आफ्नै युटुब च्यानलमा रिलिज गरेका हुन् ।

तनहुँको व्यास-४ घर भई हाल हाल जापान रहेका मनराज प्लेह्मे गुरुङको शब्दमा रहेको यो गीतमा स्वर थापाले भरेका छन् । गीतमा रोहन नेपाली र विनु मगरले अभिनय गरेका छन् ।

२७ वर्ष अगाडी दौतरी समूह नामक व्याण्डले निकालेको मिसिङ यु नामक पहिलो गीति एल्बममा समावेश यो गीतलाई रिमेक गरी पुन: रेकर्ड गरिएको हो । २७ वर्ष अगाडी निकालिएको गीतमा चोक थापाले आवाज दिएका थिए ।

भिडिओ :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *