दमौलीकी सृजनालाई ह्वाट्सएपबाट ५ लाख ठग्ने हेटौडाकी आस्था पक्राउ

Byखवरबाटिका

३० असार २०८१, शनिबार १४:०७ ३० असार २०८१, शनिबार १४:०७ ३० असार २०८१, शनिबार १४:०७

दमौली । अनलाईन (ह्वाट्सएप)बाट ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौडा महानगरपालिका वडा नं. ५ पिप्ले बस्ने वर्ष २२ की आस्था थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

थापाले तनहुँको व्यास नगरपालिका वडा नं. १ बस्ने सृजना खड्कालाई सामाजिक संजाल ह्वाट्सएपमा म्यासेज मार्फत विदेशबाट मोबाइल, एयरबोर्ट समेतको सामान आएको छ भनी झुक्यानमा पारी नगद रु.५ लाख रुपैँया ठगी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला गरी ठगी सम्बन्धी कसुरमा थापालाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box