चुँदी खोलाले बगाउदा बेपत्ता भानुका मस्राङगीको शव पञ्चनगरमा भेटियो

Byखवरबाटिका

३१ असार २०८१, आईतवार ०८:१५ ३१ असार २०८१, आईतवार ०८:१५ ३१ असार २०८१, आईतवार ०८:१५

भानु । तनहुँको भानु नगरपालिका स्थित चुँदी खोलाले बगाउदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।

जिल्लाको भानु नगरपालिका वडा नं. ६ लेङगाबारीका वर्ष ४० को निम बहादुर मस्राङगी नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएका थिए ।

उनको शव शनिबार राति १२ बजे भानु-५ स्थित पञ्चनगर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शनिबार बेलुकी अन्दाजी ६:४० बजेको समयमा चुँदी खोलामा नुहाउने क्रममा खोलाले बगाई मस्राङगी बेपत्ता भएका थिए ।

शनिबार राति अबेरसम्म इलाका प्रहरी कार्यालय भानु, सशस्त्र प्रहरी बल मनकामना गणको टोली र स्थानीयको सक्रियतामा खोजी कार्य तिब्र गर्दा समेत फेला परेका थिएनन ।

तर पछि स्थानिय युवाहरुले खोजतलास गर्दा पानीमा डुबिरहेको अवस्थामा उनको शव फेला परेको स्थानीय युवा राजेश कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box