साउने संक्रान्तिमा दमौलीमा नि:शुल्क रोटर्‍याक्ट मेहेन्दी मेला (फोटो फिचर)

Byखवरबाटिका

२ श्रावण २०८१, बुधबार ०७:१५ २ श्रावण २०८१, बुधबार ०७:१५ २ श्रावण २०८१, बुधबार ०७:१५

दमौली । दमौलीमा निशुल्क मेहेन्दी मेला सम्पन्न भएको छ । साउने संक्रान्तिको अवसरमा मंगलबार दमौली अन्सन चौतारीमा रोटर्‍याक्ट मेहन्दी मेला सम्पन्न भएको हो ।

रोटर्‍याक्ट क्लव अफ दमौली, रोटरी क्लब अफ दमौली र इनरव्हील क्लब अफ दमौलीको संयुक्त आयोजनामा मेहन्दी मेला सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाकी नगर उप-प्रमुख इन्दिरा दरै रहेकी थिइन् । संस्कृति जगेर्ना गर्न युवाको प्रयास अत्यन्त्तै राम्रो भएको प्रमुख अतिथि दरैले बताईन ।

उक्त कार्यक्रममा एक सय भन्दा बढीले मेहेन्दी लगाएको रोटर्‍याक्ट क्लव अफ दमौलीका रवि अधिकारीले जानकारी दिए ।

साउने संक्रान्ति मनाउने सामाजिक परम्परालाई निरन्तरता दिन तथा एक आपसमा सद्भाव साटासाट गर्ने उद्देश्यले हरेक वर्ष मेहन्दी मेला आयोजना गरिएको क्लबले जनाएको छ ।

सोही महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लले साउन महिनाको बारेमा र साउने संक्रान्तिसँगै नेपालीहरूका अधिकांश चाडपर्व आउने भएकाले पनि नेपाली संस्कृतिमा यसको विशेष महत्व रहेको बताइन् । त्यस्तै अध्यक्ष मल्लले साउन महिना र हरियो रंग साथै मेहेन्दीको महत्वबारे जानकारी दिएकी थिइन् ।

रोटर्‍याक्ट क्लव अफ दमौलीका अध्यक्ष रवि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ दमौलीका आगामी अध्यक्ष बिणा कैनी, इनरव्हील क्लब अफ दमौलीकी अध्यक्ष नारायणी मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा रोटरी क्लब अफ दमौलीकी आगामी वर्षको अध्यक्ष विणा कैनी, इनरव्हील क्लब अफ दमौलीकी नारायणी मल्ल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा व्यास ३ की वडासदस्य बिनु श्रेष्ठ, लियो क्लव अफ तनहुँ सागर घिमिरे, टिम नेपो तनहुँका अध्यक्ष वर्षा सारु लगाएतको उपस्थिति रहेको थियो ।

मौलिक चलनअनुसार यो दिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ । निबुवा लगायतका अमिला फलफूल, कुरिलो, कुकुरडाइनो, भलायो लगायतका वनस्पतिहरू बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर अझै रहेको छ । नीम, कुरिलो, पानीसरो, तितेपाती आदि वनस्पति जम्मा पारी बलिरहेको बत्ती वा अगुल्टो चारै दिशामा मिल्काउनुलाई लुतो फ्याँकेको भनिन्छ ।

त्यसो गर्दा चर्मरोग नलाग्ने जनविश्वास छ । साथै साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन्। महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको ब्रत बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने विश्वास पनि गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *