लागुऔषध सहित दमौलीका दरै र पोखराका तामाङ पक्राउ

Byखवरबाटिका

२ श्रावण २०८१, बुधबार १३:५४ २ श्रावण २०८१, बुधबार १३:५४ २ श्रावण २०८१, बुधबार १३:५४

दमौली । तनहुँको दमौलीमा दुई जना लागुऔषध सहित पक्राउ परेका छन् । जिल्लाको व्यास नगरपालिका वडा नं. ४ सित्तलचोकका सुजन दरै अवैध लागुऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

दरैले अवैध रुपमा लागु औषधको बिक्री वितरण गरिरहेको भन्ने सुचनाको आधारमा उनको घर खानतलासी गर्दा ठुलो मात्रामा लागुऔषध कोठाभित्र झोलामा लुकाई राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

दरैले कोठाभित्र झोलामा लुकाई राखेको डाइजेपाम इन्जेक्सन आइपी लेखेको २ एमएलको सि.सि थान ११४, प्रोमेथाजाइन हाइड्रोक्लोराइडइन्जेक्सन आइपी लेखेको २ एमएलको सि.सि थान ११४ र बुप्रेनोरपाइन इन्जेक्सन आइपी लेखेको २ एमएलको सि.सि थान ११८ फेला परेको र दरैको साथबाट लागूऔषध गाँजा ११० ग्राम, ट्रामाडस लेखेको २० वटा क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । साथै पक्राउ परेका दरैकाे साथबाट रू. ३९ हजार रूपैँया नगद समेत फेला पारेको बताइएको छ ।

यस्तै दरैसँग रहेका धादिङ थाक्रे गाउँपालिका वडा नं. ८ घर भई हाल पोखरा १७ बिरौटा बस्ने वर्ष २८ को अनिल तामाङलाई समेत प्रहरीले पक्राउ गरेकाे छ । तामाङकाे साथबाट समेत प्रहरीले लागू औषध फेला पारेको थियो । तामाङको शरिर तलासी लिदा उनको साथबाट डाइजेपाम इन्जेक्सन आइपी लेखेको २ एमएलको सि.सि थान १०, प्रोमेथाजाइन हाइड्रोक्लोराइडइन्जेक्सन आइपी लेखेको २ एमएलको सि.सि थान १० र बुप्रेनोरपाइन इन्जेक्सन आइपी लेखेको २ एमएलको सि.सि थान १२ एम्पुल अबैध लागुऔषध फेला पारी बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *