भानु कप फुटबल प्रतियोगिता साउन १९ देखि सुरु हुने, पुरस्कार राशी २ लाख ५० हजार

Byखवरबाटिका

१३ श्रावण २०८१, आईतवार ०९:०४ १३ श्रावण २०८१, आईतवार ०९:०४ १३ श्रावण २०८१, आईतवार ०९:०४

दमौली । तनहुँको भन्सारमा १७ औं भानुकप फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै भानुकपको बारेमा जानकारी गराएको हो ।

साउन १९ गतेदेखि भानु नगरपालिका १ भन्सार स्थित खेलमैदानमा प्रतियोगिता गरिन लागिएको पत्रकार सम्मेलनका संयोजक विष्णु अधिकारीले जानकारी दिए ।

प्रतियोगिता १९ साउनदेखी सुरु भई २६ गते समापन हुने उनले बताए । भानुलाई राष्ट्रिय रुपमा चिनाउने उद्देश्यले प्रतियोगिता गरिएको खेल संयोजक भरत बानियाँले जानकारी दिए ।

भानु कप २०५९ साल देखि शुरु भएको भएपनि कोभिडका कारण केही समय रोकिएको थियो । अहिले अवस्था सहज भएपछि प्रतियोगितालाई निरन्तरता दिइएको भन्सार युवा क्लबका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए ।

आयोजकले पत्रकार सम्मेलन मार्फत खेलप्रेमी दर्शकहरुलाई प्रतियोगिता हेर्न आउनको लागि आग्रह समेत गरेको छ । खुल्ला नकआउट फुटबल प्रतियोगिता भएकाले विभिन्न ठाउँबाट खेलाडीले सहभागिता जनाएका छन् ।

खेलाडीलाई आकर्षण गर्न प्रत्येक वर्ष पुरस्कारको राशी पनि वृद्धि गराउदै गैरहेको आर्थिक संयोजक सोम तामाङले जानकारी दिए । साहित्यिक धरोहर आदिकवि भानुभक्त आचार्यलाई बिश्व माझ चिनाउन पनि यो प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेल्ने भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले बताए ।

खेलाडी उत्पादन गर्न पनि यस्ता प्रतियोगिताले सहयोग पुर्याउछ । तर सुविधा सम्पन्न खेलमैदान नभएकाले त्यसको विषयमा पनि सोच्नुपर्ने समय आएको उनले बताए ।

भानुभक्त राष्ट्रको गहना भएकाले यसको बिकासमा पनि राज्यले चासो लिनुपर्ने मेयर त्रिपाठीको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपि अधिकारीले खेलकुदले शारीरिक एवं मानसिक बिकासमा समेत सहयोग पुग्ने र राष्ट्रिय खेलाडि उत्पादनमा सहयोग पुग्ने भएकाले क्लबले यस्ता प्रतियोगिता समय समयमा संचालन गर्दै आइरहेको भन्दै सफलताको शुभकामना ब्यक्त गरे ।

भन्सार युवा परिवार, सालबिस्ने र भिमसेन युवा क्लबको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दित्तिय हुनेले एक लाख २५ हजर २११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सेमीफाईनलमा पुग्ने २ टिमलाइ २५ हजार २ सय ११ र प्रमाणपत्र , उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार २११ ट्रफी, मेडल, प्रमाणपत्र , उत्कृष्ट गोल रक्षकलाई नगद रु ५ हजार २ सय ११ ट्रफी, मेडल, प्रमाणपत्र, सर्बाधिक गोलकर्तालाई नगद ५ हजार २ सय ११ र ट्रफी,मेडल, प्रमाणपत्र प्रदान गरिने प्रचार प्रसार समितिका राजेश कार्कीले जानकारी दिए ।

उनका अनुसार अनुशासित टिमलाई उचित पुरस्कार साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको घोषणा गरिने छ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ ।

त्यसैगरी छेलो तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ र प्रमाणपत्र र बाघचाल तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *