पृथ्वी राजमार्गको घाँसीकुवा खण्डको सडक एकतर्फी सूचारु

Byखवरबाटिका

६ भाद्र २०८१, बिहीबार १८:४२ ६ भाद्र २०८१, बिहीबार १८:४२ ६ भाद्र २०८१, बिहीबार १८:४२

दमौली । तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवा स्थित पृथ्वीराजमार्गको सडक एकतर्फी सूचारु भएको छ ।

करिब २५ घण्टा पछी अवरुद्ध सो खण्डको सडक सूचारु भएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।

घाँसीकुवाको सडकमाथिबाट डाँडै खस्दा उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको थियो ।

उक्त स्थानमा हिजो बुधबार साँझ ५ बजे भिषण पहिरो खसेको थियो ।

आज बिहिबार साँझ ५:४० को समयमा एकतर्फी सडक सूचारु भएको प्रहरीले जनाएको छ ।

बिहिबार बिहान ८ बजेबाट पहिरो हटाउन सुरु गरिएको थियो ।

ठूलो पहिरो भएकाले राति थप जोखिम हुन सक्ने देखेर हिजो राति काम नगरी आज बिहानबाट मात्रै पहिरो हटाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पहिरो हटाएर राजमार्ग दुई तर्फी सुचारु गराउन समय लाग्ने प्रहरीले जनाएको छ । अहिलेलाई एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

पहिरोले सडक पूर्ण अवरुद्ध हुँदाको समयमा साना तथा मझौला सवारी साधन वैकाल्पिक मार्गको दमौली हुँदै तालघरे, दरैपंधेरा हुँदै घाँसीकुवा निकालिएको थिय भने घाँसीकुवा हुँदै दमौली आउनको लागी घाँसीकुवाबाट भित्रि सडक हुँदै पोल्याड-रानीगाउँ हुँदै तालघरे निस्केर दमौली ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *