मुग्लिन–नारायणगढ सडकखण्डमा भिरबाट खसेको ढुंगा लागेर बस पल्टियो, ११ जना घाइते

Byखवरबाटिका

७ भाद्र २०८१, शुक्रबार १५:३९ ७ भाद्र २०८१, शुक्रबार १५:३९ ७ भाद्र २०८१, शुक्रबार १५:३९

मुग्लिन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ स्थित सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १:५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरमा पठाइएको छ । उनीहरु सबैको अवस्था सामान्य छ ।

यसअघि मुग्लिन–नारायणगढ सडकखण्डमा निजी कार र सार्वजनिक माइक्रो बसमा पनि ढुंगा खसेर लागेको थियो ।

गत असार २८ गते यात्रुबसमाथि खसेको ढुंगा लागेर चालकको मृत्यु भएको थियो भने सिमलताल भन्ने स्थानमा पहिरोले सोहोरेर दुईवटा बसलाई त्रिशूली नदीमा बेपत्ता पारेको थियो । दुईवटा बसका ६२ जना त्रिशूलीको भेलमा बगेकामा २४ जनाको मात्र शव भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *