काठमाडौंबाट लमजुङ जाँदै गरेको हाइलक्स नुवाकोटमा दुर्घटना: तनहुँका खनालको मृत्यु

Byखवरबाटिका

१९ आश्विन २०८१, शनिबार १३:२४ १९ आश्विन २०८१, शनिबार १३:२४ १९ आश्विन २०८१, शनिबार १३:२४

दमौली । नुवाकोटको काफलडाँडामा हाइलक्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं ९ काजीफाँट घर भई तारकेश्वर नगरपालिका काठमाडौ निवासि ५८ वर्षीय उपेन्द्र खनाल रहेका छन् ।

शिवपुरी गाउँपालिका– ८ काफलडाँडामा शनिबार काठमाडौंबाट नुवाकोट हुँदै लमजुङ जाने क्रममा बा १४ च ३८५४ नम्बरको निजी हाइलक्स गाडी सडकबाट ५० मिटर तल खसेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

 

दुर्घटनामा मृतक खनालकी ७६ वर्षीया आमा हरिकला खनाल र ५१ वर्षीया श्रीमती गायत्री खनाल पनि घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गाडि चालक काठमाडौंको तारकेश्वर १ का ४६ वर्षीय विश्वनाथ अधिकारी, नागार्जुन– ३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर ९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी पनि घाइते भएका छन् ।

दुर्घटना लगत्तै स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घाइतेहरुको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

 

  • Beta

Beta feature

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box