दमौली । तनहुँको व्यास-१४ केशवटारमा आइतबार र सोमबार रोटरी क्लब अफ दमौली, रोटरी क्लब अफ पोखरा फिस्टेल, आइसिओ फाउण्डेसन, व्यास नगरपालिकाको आयोजना तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आँखा जाच तथा मोतिबिन्दुको अप्रेशन गरिएको छ ।
केशवटारमा सञ्चालित शिविरमा आँखा परिक्षण गरिएका ५५० मध्ये ४९ जनाको अप्रेशन गरिएको हो । शिविरमा ५ सय ५० जनाको आँखा परिक्षण गरिएको रोटरी क्लव दमौलीका अध्यक्ष जीवन कुमार श्रेष्ठले बताए। शिविरमा व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका आँखाका विरामीहरु परिक्षणका लागि आएका थिए ।
आँखा परीक्षण तथा शल्यक्रिया गर्न नसक्ने ग्रमिण क्षेत्रका वासिन्दालाई ध्यानमा राखी केशवटरमा निशुल्क शिविर सञ्चालन गरिएको क्लबका पुर्वअध्यक्ष दिनेश कुमार श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल र भुटानका डिष्ट्रिक्ट गभर्नर इलेक्ट विनोद कोइराला रहेका थिए । उनले सो अवसरमा आँखामा उपचार गरेकाहरुलाई आफ्नो आँखाको सुरक्षा आफै गर्नुपर्ने बताए ।
व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले शिविर समापनमा बोल्दै यस्ता शिविरले ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई आँखाको उपचार गर्न सहयोग पुग्ने बताएका थिए ।
दुई दिने आँखा शिविरमा सर्वसाधारण आँखा परीक्षण गर्न भिड लागेको थियो । हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा तीन जना क्यानडियन डक्टरसहित आधा नेपाली डाक्टरले सेवा दिएको व्यास-१४ का वडाअध्यक्ष काजिमान श्रेष्ठले बताए ।
Beta feature
Beta feature