आँबुखैरेनी । तनहुँको स्थानीय तहहरु मध्ये पहिलो पटक आँबुखैरेनी गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको शुभारम्भ भएको छ ।
परिचयपत्र प्राप्त भएका नागरिकहरु मध्ये ज्येष्ठ नागरिक वडा नं.२ निवासी वर्ष ८१ का रेशमराज भट्टराईलाई परिचयपत्र वितरण गरेर कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ कार्यक्रमको उद्घाटन गरेका थिए ।
बिहीबार आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षता तथा तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पालिकाका उपाध्यक्ष दुर्गा अर्याल र प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद शर्मा, वडा नं.३ का वडा अध्यक्ष दिनेश के.सि. लगायतको उपस्थिति रहेको थियो ।