गुणादीमा बसको ठक्करबाट मोटरसाइकल चालक पौडेलको मृत्यु

Byखवरबाटिका

२२ जेष्ठ २०८२, बुधबार १७:४७ २२ जेष्ठ २०८२, बुधबार १७:४७ २२ जेष्ठ २०८२, बुधबार १७:४७

दमौली, जेठ २१ गते । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको गुणादीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २४ को सरोज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

बुधबार दिउँसो साढे ३ बजेको समयमा जिल्लाको म्याग्दे गाउँपालिका वडा नं. १ गुणादी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा थर्पुबाट दमौली तर्फ आउदै गरेको ग १ ख ९३९९ न.को बस र बिपरीत दिशाबाट जाँदै गरेको ग १७ प ५१४६ न.को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक पौडेल घाइते भई उपचारको लागी प्रदेश अस्पताल दमौली पठाएको तर उपचारको क्रममा दिउँसो ३:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं.१० बस्ने वर्ष ३४ को तारापति शर्मा जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *