बन्दीपुरको तानेको रहमा डुबेर एक जनाको मृत्यु

Byखवरबाटिका

२ असार २०८२, सोमबार २१:३४ २ असार २०८२, सोमबार २१:३४ २ असार २०८२, सोमबार २१:३४

दमौली । तनहुँको बन्दीपुरमा तानेको रहमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. ३ सेराटार बस्ने वर्ष ५६ को मंगले नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

गत जेठ ३१ गते मृतक नेपालीले घरमा कोही कसैलाई केही नभनि सम्पर्क बिहिन भएका थिए । नेपाल प्रहरी र स्थानियहरुले खोजतलास गर्ने क्रममा खुदी नदीको तानेको रह छेउमा उनले प्रयोग गर्ने गरेको कपडा र चप्पल भेटिएको थियो ।

उक्त स्थानमा खोजतलास गर्ने क्रममा सोमबार खुदी खोलाको तानेको रहमा तैरिएको अबस्थामा नेपाली मृत फेला परेको प्रहरीले जनाएको छ ।

इलाक प्रहरी कार्यालय बन्दिपुर तनहुँबाट प्रहरी निरिक्षक तिलक बहादुर बमको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिई घटनास्थलमा शव जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शव परीक्षण पश्चात मृतकको आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *