तनहुँ । प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसको अवसरमा तनहुँ शाखाले राष्ट्रिय परोपकार महासंघ नेपालद्धारा संचालित ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रममा फलफुल वितरण गरेको छ । शाखा अध्यक्ष राजकुमार श्रेष्ठ (वि वि) को नेतृत्वमा गएको टोलीले व्यास ५ मा रहेको वृद्धाश्रममा फलफुल वितरण गरेको हो ।
सो कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय निर्वाचन आयोग सदस्य नारायण खड्काले संगठनले समाजमा भएको विकृत्ति, विसंगतिको विरुद्धमा कलम चलाउदै आएको बताए ।
समाज परिवर्तनमा संगठनले नेतृत्वदायी भुमिका खेलेको हुदाँ अगामी दिनमा झन परिस्कृत रुपले काम गर्नुपर्ने उनले बताए ।
प्रेस चौतारी नेपाल तनहुँका पुर्व अध्यक्ष त्रिभुवन श्रेष्ठ लगायतको उपस्थितीमा भएको सो कार्यक्रममा शाखाको अध्यक्ष श्रेष्ठले संगठनले पत्रकारिताको माध्यामबाट विभिन्न क्षेत्रमा खवरदारी गर्दे आएको बताए । वृद्धाश्रममा फलफुल वितरण गरेर समाजिक उत्तरदायित्व वहन गरेको समेत उनले बताए ।