तनहुँ । नेपाली कांग्रेसले आउँदो उपचुनावलाई मध्यनजर गर्दै पूर्वमन्त्री गोविन्दराज जोशीमाथि गरेको कारबाही फिर्ताको निर्णय लियो । तर, कांग्रेसको यो निर्णयमा जोशीले चिसो प्रतिक्रिया दिएका छन् ।

कांग्रेसले आफूलाई कारबाही गरेर साधारण सदस्यबाट समेत निष्कासन गरिसकेकाले यस पार्टीसँग आफ्नो कुनै साइनो नरहेको उनले बताए ।

‘म कांग्रेस पार्टीको मान्छे नै होइन,’ जोशीले भने, ‘पार्टीबाहिरको व्यक्तिबारे कांग्रेसले निर्णय लिन मिल्छ र ?’

उनले आफू अहिले कांग्रेसको साधारण सदस्य समेत नभएकाले यो निर्णयको औचित्य नरहेको उल्लेख गरे ।

‘कांग्रेसले एमालेलाई मिलाउने, माओवादीलाई मिलाउने निर्णय गरे के हुन्छ ?’ उनले भने ।

आउँदो उपचुनावमा आफूहरुले कसैलाई समर्थन नगरेको जोशीले स्पष्ट पारे ।

‘अहिले हामी चुपचाप लागेर हेर्छौं,’ उनले भने ।

यस्तै जोशीका छोरा एवं व्यास नगरपालिकाको मेयरमा पराजित उम्मेदवार दीपकराज जोशीले पनि सम्बन्धित व्यक्तिगत नसोधिकन उनीहरूकै स्वार्थका लागि निर्णय भएको बताएका छन् ।

‘हामीसँग सोधिएको पनि छैन, चुनावका बेला उनीहरूकै स्वार्थमा भएको निर्णय गलत छ,’ उनले भने, ‘प्याकेजसहितको केही निर्णय आउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box