ह्वात्तै बढ्यो राहदानी बनाउनेको सङ्ख्या

Byखवरबाटिका

१४ श्रावण २०८०, आईतवार २०:५४ १४ श्रावण २०८०, आईतवार २०:५४ १४ श्रावण २०८०, आईतवार २०:५४

तनहुँ । तनहुँमा राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ । गत आर्थिक वर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालय तनहुँले २२ हजार ६७१ जनाको राहदानी सिफारिस गरेको जनाएको छ ।

जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा कार्यालयले ८ हजार ८५४ जनाको मात्रै राहदानी सिफारिस गरेको थियो । आव २०७९/८० मा आर्थिक वर्ष २०७८/७९ को भन्दा १३ हजार ८१७ जनाको बढी सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

राहदानी सिफारिसबाट आर्थिक वर्ष २०७९/८० मा ८ करोड ८५ लाख राजस्व सङ्कलन भएको थियो भने २०७८/७९ मा ४ करोड ४२ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को साउनमा १ हजार ८२ महिला र १ हजार ४७८ पुरुष, भदौमा ६५० महिला र १ हजार १४६ पुरुष, असोजमा ४१८ महिला र ७१२ पुरुष, कात्तिकमा ४२१ महिला र ७९१ पुरुष, मङ्सिरमा ४०८ महिला र ७८८ पुरुष तथा पुसमा ६१५ महिला र १ हजार १५३ पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै माघ महिनामा ६५२ महिला र १ हजार १०३ पुरुष, फागुनमा ६५८ महिला र १ हजार १८८ पुरुष, चैतमा ८९५ महिला र १ हजार ५३३ पुरुष, वैशाखमा ७६७ महिला र १ हजार २६३ पुरुष, जेठमा १ हजार ६३ महिला र १ हजार ५६३ पुरुष तथा असारमा ७८३ महिला र १ हजार १७० पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको कार्यालयले जनाएको छ  । यसैगरी १९८ जना नाबालकको सिफारिस गरिएको छ ।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने, विदेश अध्ययन गर्न जाने विद्यार्थी तथा आफन्त भेट्न विदेश जानेको सङ्ख्या बढ्दा राहदानी बनाउनेको संख्या पनि ह्वात्तै बढेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box