पेट्रोल र डिजलको मूल्य बढ्यो, ग्यासको घट्यो (मूल्य सहित)

Byखवरबाटिका

१७ श्रावण २०८०, बुधबार ०८:४४ १७ श्रावण २०८०, बुधबार ०८:४४ १७ श्रावण २०८०, बुधबार ०८:४४

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजल र मट्टीतेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ ।

भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजल र मट्टीतेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ ।

एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box