दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को व्यासनगर समितिको सभापतिमा चुडामणि दाहाल निर्वाचित भएका छन् । दमौलीका शनिबार सम्पन्न भेलाबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन् ।
सभापतिका लागि चुडामणि दाहाल र करुण काफ्लेबीच मतदान भएको थियो । मतदानमा दाहालले ६६ र काफ्लेले १९ मत प्राप्त गरेका छन् । ९० मत खसेकामा ५ मत बदर भएको थियो ।
समितिको अन्य पदमा भने सर्वसम्मत भएको छ । उपसभापतिमा सुशील पौडेल, सचिवमा नगेन्द्र ढुंगाना, कोषाध्यक्षमा अन्जु दाहाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सिकन्दर बक्स, वीरबहादुर नेपाली, जगराम गुरुङ, गोविन्द श्रेष्ठ, मन्जु विक, लक्ष्मी प्रधान, कृति बानियॉ चयन भएका छन् ।