७ घन्टा पछी खुल्यो घाँसीकुवाको सडक, पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

Byखवरबाटिका

२९ असार २०८१, शुक्रबार १०:१६ २९ असार २०८१, शुक्रबार १०:१६ २९ असार २०८१, शुक्रबार १०:१६

दमौली । तनहुँको व्यास-१२ घाँसीकुवाको पहिरो हटाएर सडक सूचारु गरिएको छ ।

 

शुक्रबार बिहान अन्दाजी २:४० बजेदेखी पहिरोले अवरुद्ध सडक अहिले १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

बिहानदेखि पृथ्वीराजमार्ग अन्तर्गत घाँसिकुवा-छिर्कन खण्ड हुँदा सयौ सवारीसाधन र हजारौ यात्रु अलपत्र परेका थिए ।

घाँसिकुवाको पहिरो ३ वटा जेसीबी प्रयोग गरेर हटाइएको थियो ।

पृथ्वी राजमार्ग सडक खण्डमा अबिरल वर्षाको कारण पहिरो गई अबरुद्द राजमार्ग नेपाल प्रहरी कर्मचारी लगायत अन्य स्थानिय निकायको सहयोग र सहकार्यमा पहिरो हटाएर पूर्ण रुपमा संचालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

फोटो : राजेश कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box