भानु । तनहुँको भानु नगरपालिका स्थित चुँदी खोलाले बगाउदा एक जना बेपत्ता भएका छन ।
जिल्लाको भानु नगरपालिका वडा नं. ६ लेङगाबारीका वर्ष ४० को निम बहादुर मस्राङगी नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएको प्रहरीले जनाएको छ ।
शनिबार बेलुकी अन्दाजी ६:४० बजेको समयमा चुँदी खोलामा नुहाउने क्रममा खोलाले बगाई मस्राङगी बेपत्ता भएका हुन ।
उनको नेपाल प्रहरी, शसस्त्र प्रहरी बल समेतको संयुक्त टोलीद्वारा खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तर अहिले सम्म फेला नपरेको प्रहरीले जनाएको छ ।