तनहुँको घाँसीकुवाको पहिरो हटाउन सुरु, वैकल्पिक सडक प्रयोग गर्न सकिने (यस्तो छ रुट)

Byखवरबाटिका

६ भाद्र २०८१, बिहीबार ०९:३५ ६ भाद्र २०८१, बिहीबार ०९:३५ ६ भाद्र २०८१, बिहीबार ०९:३५

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे पहिरो जाँदा अहिलेसम्म राजमार्ग अवरुद्ध छ ।

घाँसीकुवाको सडकमाथिबाट डाँडै खस्दा उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको हो । आज बिहिबार बिहानबाट सो पहिरो हटाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ठूलो पहिरो भएकाले राति थप जोखिम हुन सक्ने देखेर हिजो राति काम नगरी आज बिहानबाट मात्रै पहिरो हटाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पहिरो हटाएर राजमार्ग पुन: सुचारु गराउन समय लाग्ने प्रहरीले जनाएको छ ।

वैकल्पिक मार्ग प्रयोग गर्न सकिने

उक्त सडकखण्डको विकल्पमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

पृथ्वी राजमार्गमा सडकको माथिबाट पहिरो गइ पुर्णरुपमा सडक अवरोध भएकोले सो राजमार्गमा आवतजावत गर्ने सवारी साधनहरुले वैकाल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । साथै अवरुद्व सडक खुलाउन पहल भइरहेको छ ।

साना तथा मझौला सवारी साधन वैकाल्पिक मार्गको दमौली हुँदै तालघरे, दरैपंधेरा हुँदै घाँसीकुवा निस्किन सकिन्छ भने घाँसीकुवा हुँदै दमौली आउनको लागी घाँसीकुवाबाट भित्रि सडक हुँदै पोल्याड-रानीगाउँ हुँदै तालघरे निस्केर दमौली आउन सकिन्छ ।

त्यस्तै हेभि सवारी साधन वैकाल्पिक मार्गको रुपमा डुम्रे हुँदै वेसिशहर लम्जुङ सडकखण्ड हुँदै पोखरा जाने मार्ग प्रयोग गर्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *