आँबुखैरेनीको खहरेमा बस दुर्घटना, चालकसहित १५ जना घाइते (नामावली सहित)

Byखवरबाटिका

२६ भाद्र २०८१, बुधबार १८:३६ २६ भाद्र २०८१, बुधबार १८:३६ २६ भाद्र २०८१, बुधबार १८:३६

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी स्थित खहरेमा बस दुर्घटना भएको छ ।

बुधबार भएको सो बस दुर्घटनामा बस चालकसहित १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बुधबार करिब साढे ४ बजेको समयमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित आँबुखैरेनी-२ र ३ जोड्ने खहरे खोला पुलमा बस दुर्घटना भएको हो ।

पृथ्वी राजमार्गको आँबुखैरेनी-डुम्रे सडकखण्डमा मुग्लिङबाट दमौली आउदै गरेको ग १ ख ९४०२ न. को बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटना हुँदा चालकसहित बसमा सवार १५ जना घाईते भएका छन । घाईतेहरुको हाल आबुखैरेनी स्थित आबुखैरेनी अस्पतालमा उपचार भईरहेको छ ।

आँबुखैरेनी अस्पतालमा उपचार भईरहेका घाईतेहरुमा बस चालक तनहुँको व्यास नगरपालिका वडा नं. १ बस्ने वर्ष ३९ को केशव अजिङगर, भानु नगरपालिका वडा नं. २ बस्ने वर्ष ६८ को यदु बहादुर कुँवर, बन्दीपुर गाँउपालिका वडा नं. १ बस्ने वर्ष ७७ की श्रीमाया आले, बन्दीपुर गाँउपालिका वडा नं. १ बस्ने वर्ष ५६ की सुकमाया थापा, भानु नगरपालिका वडा नं.३ बस्ने वर्ष २८ को अजित थापा, व्यास नगरपालिका वडा नं. १२ बस्ने वर्ष २४ की कल्पना नेपाली, भानु नगरपालिका वडा नं. १ बस्ने बर्ष ४७ को मान ब. गन्धर्व, घिरिङ गाँउपालिका वडा नं. ५ बस्ने वर्ष ३० की बसन्ती थापा, सोही वडा बस्ने बर्ष ९ की स्वता थापा, गोरखाको गोरखा नगरपालिका वडा नं. १४ बस्ने वर्ष ६४ की माया थापा, पालुङटार नगरपालिका वडा नं. ५ बस्ने बर्ष ६८ की जौमाया कुमाल, पालुङ्टार नगरपालिका वडा नं. ८ बस्ने बर्ष २४ को सुबास नेपाली, सोही वडा बस्ने वर्ष ३८ को मिलन खाती र सोही वडा बस्ने बर्ष ३१ को सुमन खाती रहेका छन । सुमन डिस्चार्ज भईसकेका छन ।

यस्तै गोरखाको पालुङटार नगरपालिका वडा नं. ८ बस्ने वर्ष ६५ को मनराज परियारलाई नारायणी सामुदायिक अस्पताल चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दिपक कुमार राय ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *