दमौलीको कारागारमा चमेनागृह सुधारका लागि लियो क्लब अफ तनहुँद्वारा टायल्स सहयोग

Byखवरबाटिका

११ आश्विन २०८१, शुक्रबार ०९:३० ११ आश्विन २०८१, शुक्रबार ०९:३० ११ आश्विन २०८१, शुक्रबार ०९:३०

दमौली । दमौलीको कारागारमा रहेको चमेनागृह सुधारका लागि लियो क्लब अफ तनहुँले टायल्स सहयोग गरेको छ ।

बिहिवार व्यास-३ स्थित तनहुँ जिल्ला कारागारमा लियो क्लब अफ तनहुँले चमेनागृह सुधारका लागि आवश्यक पर्ने टायल्स हस्तान्तरण गरेको हो ।

क्लबले उक्त कारागारको चमेनागृहलाई २२ पेटि टायल र ५ बोरा सिमेन्ट हस्तान्तरण गरेको क्लबका सचिव मुकेश बिडारीले जानकारी दिए ।

सो कार्यक्रमको अध्यक्षता क्लबका प्रथम उपाध्यक्ष रोबिन श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लब अन्तराष्ट्रिय ३२५ एल नेपालका पुर्व गभर्नर एवम् गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ रहेका थिए ।

उक्त कार्यक्रममा विशिष्ट अतिथि व्यास ३ का वडाअध्यक्ष अनुप राना रहेका थिए ।

सो कार्यक्रममा कारागार कार्यालयका प्रमुख नारायण अधिकारी साथै दमौली भित्र रहेका विभिन्न लायन्स क्लब तथा लियो क्लबको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा क्लबका कोषाध्यक्ष प्रकाश गुप्ताले सो टायल सहयोग गरेका हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box