ट्याक्टरको ठक्करबाट गल्बुवेशीमा ७ वर्षिय विद्यार्थीको मृत्यु

Byखवरबाटिका

२१ आश्विन २०८१, सोमबार १३:२८ २१ आश्विन २०८१, सोमबार १३:२८ २१ आश्विन २०८१, सोमबार १३:२८

दमौली । ट्याक्टरको ठक्करबाट व्यास १ गल्बुवेशीमा बालकको मृत्यु भएको छ ।

मृत्यु हुने ७ वर्षिय बालक सविन कुमाल रहेका प्रहरीले जनाएको छ ।

विद्यालय जादै गरेका कुमाललाई ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ उनको मृत्यु भएको हो ।

बालकलाई उपचारका लागि अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक विद्यार्थी गल्बुवेशी स्थित तनहुँ ज्ञान गंगा बोडिङ स्कुलमा अध्ययनरत विद्यार्थी हुन्

लापरवाही तरिका रड लोड गरेको ट्याक्टरले बालकको टाउकोमा लाग्दा सो घटना भएको स्थानीय प्रत्यक्षदर्शी बताउछन ।

तस्बिर : टार्जन गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box