काठमाडौं । भारत भ्रमणमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भारतीय समकक्षी जेपी नड्डासँग भेटवार्ता गरेका छन् । विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन नयाँ दिल्ली पुगेका स्वास्थ्यमन्त्री पौडेलले भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डासँग भेटवार्ता गरेका हुन् ।

नड्डा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षसमेत हुन् । नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको भेटमा नड्डाले तनहुँको बेलचौतारामा रहेको जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र, तनहुँलाई ३०० शय्या बनाउने प्रतिबद्धता जनाएका छन् । ।

साथै ट्रमा सेन्टरको स्तरोन्नति, डायलाासिस सेवा थप्नका लागि आवश्यक सहयोग गर्न पनि नड्डा सकारात्मक छन् ।

अब केही समयमा यसबारे दिपक्षीय समझदारी गर्ने सहमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले जानकारी दिए ।

मन्त्री पौडेलले भारतीय समकक्षी नड्डालाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । ‘नेपालको स्वास्थ्य पूर्वाधार विकासमा भारतले महत्वपूर्ण योगदान दिएको छ’, भेटपछि मन्त्री पौडेलले भने, ‘भारतीय पक्षबाट प्राप्त सहयोग प्रतिबद्धताले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्नेछ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box