दमौली । पृथ्वी राजमार्गको गोरे चौतारा घुम्तीमा दुई वटा बस ठोक्किएर दुर्घटना भएको छ ।

सो दुर्घटनामा परि एक जना बस चालकको मृत्यु भएको छ भने ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आइतबार करिब ३:४० बजेको समयमा तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. ५ गोरे चौतारा घुम्ती स्थित पृथ्वीराज राजमार्ग सडकखण्डमा सो दुर्घटना भएको हो ।

पोखराबाट नेपालगञ्ज तर्फ जादै गरेको भे १ ख ३४८७ न.को बस र काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको गरेको जिएए ००७० न.को बस एक आपसमा ठक्कर खादा जिएए ००७० न.को बस चालक तनहुँको ऋषिङ पाटन घर भई कास्कीको चाउथे बस्ने वर्ष ३९ को राम बहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक परियारको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा घाइते भएका मध्य लक्ष्मी अस्पताल डुम्रेमा बाँकेको बैजनाथ बस्ने वर्ष २४ की किरण बुढा, कोहलपुर नगरपालिका ६ बस्ने वर्ष १३ की रिजु बाठा मगर, बैजनाथ गाँउपालिका ६ बस्ने वर्ष १५ की ज्ञानु थारु, बैजनाथ गाँउपालिका ६ बस्ने बर्ष १६ को ललित खत्री, बैजनाथ गाँउपालिका ६ बस्ने बर्ष की मायास सिंजापती मगर, बैजनाथ गाँउपालिका ६ बस्ने बर्ष माया सिजापतीको छोरी बर्ष ६ की गुरास गर्ती मगर, बैजनाथ गाँउपालिका ६ बस्ने बर्ष १८ को निखिलनाथ योगी, भे १ ख ३४८७ न.को बसको बस चालक जिल्ला बाके कोहलपुर नगरपालिका १० बस्ने वर्ष ३७ को किशोर जंग शाही तनहुँको म्याग्दे गाँउपालिका ३ बस्ने वर्ष ३० को रमेश रानाभाट, म्याग्दे गाँउपालिकाका बर्ष ५१ की उजेली रानाभाट, बाके बैजनाथ गाँउपालिका ६ बस्ने बर्ष १४ की बिद्या पुन मगर, गोरखाको गोरखा नगरपालिका ८ बस्ने वर्ष २० को बिवेक कडेल, भक्तपुरको चागुनारायण नगरपालिका ५ बस्ने वर्ष ३५ की बविता थापा, कास्कीको पोखरा महानगर १० बस्ने वर्ष ४३ की लक्षिन गुरुङ, पोखरा महानगर १७ बस्ने वर्ष ३६ की दुर्गा रोकाको उपचार हुँदैछ ।

यस्तै मोती अस्पताल डुम्रेमा कास्कीको पोखरा महानगरपालिका १२ बस्ने वर्ष ४४ की बिजुली गुरुङ, वर्ष २५ की कमला गुरुङ, बर्ष ३९की बसन्ती गुरुङ, बर्ष ४५ की लक्ष्मी गुरुङ, बर्ष ४० की गंगा गुरुङ, बर्ष ४५ को शिव जोसी, पोखरा-१७ बस्ने बर्ष ४१ को संजय गुरुङ, पोखरा-१२ बस्ने बर्ष ३७ की ज्योती गुरुङ, स्याङ्जाको फेदीखोला गाँउपालिका ४ बस्ने वर्ष ५५ की चन्द्र कुमारी गुरुङ, बाकेको वडा न. १४ बस्ने वर्ष ४४ को शिवलाल न्यौपाने, बाकेको कोहलपुर नगरपालिका ६ बस्ने वर्ष १६ की निर्मला शाही, बिनिता वि.क, स्याङ्जाको पुतली बजार नगरपालिका १३ बस्ने बर्ष २५ को सुरज तिवारीको उपचार भईरहेको छ ।

यस्तै पोखरा-१७ बस्ने बर्ष ४९ की निर्मलका भुजेल लाई थप उपचारको लागी चितवन मेडिकल कलेज पठाईएको छ ।

त्यस्तै हाल वतन नखुलेको वर्ष १७/१८ को रियाद के.सीलाई मोती मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि चितवन मेडिकल कलेज चितवन पठाईएको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *