दमौली । लियो क्लब अफ तनहुँ निर्मल अल्फाको अध्यक्षमा सुरज आले मगर चयन भएका छन् । तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा गठन भएको क्लबको बिहीबार भएको अधिवेशनले आलेको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा विनम्र ढकाल, द्वितीय उपाध्यक्षमा अन्जली विक, तृतीय उपाध्यक्षमा रविना सुनार, सचिवमा किरण सुनार, सहसचिवमा युनिका छिमाल, कोषाध्यक्षमा सिखा मल्ल, सह कोषाध्यक्ष सृष्टि थापा चयन भएका छन् ।
कार्यक्रममा निर्मल माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक वीरबहादुर बस्नेतले लियो क्लवले विद्यार्थीको नेतृत्व विकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा लियो क्लब तनहुँका अध्यक्ष रोविन श्रेष्ठ, सचिव मुकेश विडारी, पूर्व अध्यक्ष मोहम्मद गफार लगायतको उपस्थिति थियो ।