गुन्जारामा खुल्ला तीज गीत प्रतियोगिता, गणेश आमा समुह प्रथम

Byखवरबाटिका

१२ भाद्र २०७९, आईतवार १६:०५ १२ भाद्र २०७९, आईतवार १६:०५ १२ भाद्र २०७९, आईतवार १६:०५

म्याग्दे । ‘प्राङ्गरिक खेती गरौ, स्वास्थ्य कृषि उपज प्रयोग गरौ’ भन्ने मुल नाराका साथ भएको खुल्ला तीज गीत प्रतियोगितामा गणेश आमा समुह प्रथम भएको छ । हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको तीज गीत प्रतियोगिता उमाचोक अर्गानिक कृषि सहकारी संस्था म्याग्दे–२ गुन्जाराले आयोजना गरेको हो ।

म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको सो कार्यक्रममा प्राङ्गरिक खेती प्रणालीलाई जोड दिने सम्वन्धि सहभागीहरुले गीत गाएका थिए । प्रकृति र मानव स्वास्थ्यको रक्षा गरौ, जैविक विविधता वढाऔ विषयमा सहभागीहरुले तीज गीतका माध्यामवाट उजागार गरेका थिए ।

१० टिमले सहभागी रहेको सो प्रतियोगितामा गणेश आमा समुह प्रथम, पसले आधारभुत विद्यालय द्धित्तिय र महिला जागरण आमा समुहले तेश्रो स्थान हासिल गरेको थियो भने खराडी आमा समहुले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । विजेताहरुलाई क्रमशः ५, ४, ३ र २ हजार सहित पुरस्कृत समेत गरिएको थियो ।

उत्पादन विना विकास असम्भव : अध्यक्ष श्रेष्ठ

सो प्रतियोगितालाई सम्वोधन गर्दे म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्राङ्गरिक खेती प्रणालीको विकल्प नरहेको बताए । आधुनिकताका नाममा खाने वस्तुमा समेत मिसावट हुने अवस्था आएको र त्यसले स्वास्थ्यमा गम्भिर समस्या आईपरेको हुदाँ अव परम्परागत खेतीमा नै जानुपर्ने बताए ।

गाँउपालिकाले कृषि र उत्पादनमा जोड दिएको हुदाँ कुषकलाई गाँउपालिका सँग हातेमालो गरेर अगाडी बढ्न आग्रह गरे । उत्पादन विना विकास असम्भव भएको भएको हुदाँ कुनै न कुनै उत्पादनमा जोडिन अनुरोध गरेका थिए । जव उत्पादन हुदैन, तव सवै समस्याग्रस्त हुने हुदाँ समृद्ध म्याग्देको आधार नै कृषि र उत्पादन भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *