तनहुँ । तनहुँमा चितुवाले आक्रमण गर्दा आमा छोरा घाइते भएका छन् ।
घाइते हुनेमा जिल्लाको व्यास नगरपालिका–११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका नौ वर्षीय छोरा शंकर गुरुङ रहेका छन् ।
पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ । जिल्लाको बन्दीपुर क्षेत्रमा समेत आतंक मच्चाईरहेको छ ।
सोमबार मध्यरात साढे १२ बजेतिर घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए ।
उनका अनुसार नयाँ बन्दै गरेको आफ्नै घरमा आमाछोरा एउटै कोठामा सुतिरहेको समयमा चितुवाले कोठामा छिरेर सुतिरहेको छोरालाई आक्रमण गरेको थियो ।
उनको थपे ‘आमाले थाहा पाई लखेट्न खोज्दा उनलाई पनि आक्रमण गरेको छ ।’
नयाँ बन्दै गरेकाले घरमा झ्याल ढोका राख्न नभ्याएका कारण उनीहरु त्यतिकै कोठामा सुत्दै आएका थिए । छोराको बायाँ कानमाथि चोट लागेको छ भने आमाको हत्केला र नाडीमा चिथोरेको हो ।
उनीहरुको दमौली अस्पतालमा उपचार गरिएको थियो