फागुन ५ गते २०७६

जबरजस्ती करणी मुद्दामा महरालाई सफाइ

जबरजस्ती करणी मुद्दाकाे आराेप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन । जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई साेमबार सफाइ दिएको हो ।

अदालतले सफाइ दिएसँगै पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा हुने भएका छन । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती बलात्कार गरेकाे अभियोगमा महरा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा थिए ।

महरा विरुद्ध गएको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर भएको थियो । महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे दुई वर्ष गरी साढे सात वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो । 

प्रहरीले महरालाई गएकाे असोज १९ गते पक्राउ गरेको थियो ।

0Shares