गोविन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निस्काशित

Byखवरबाटिका

१० श्रावण २०७७, शनिबार २१:१२ १० श्रावण २०७७, शनिबार २१:१२ १० श्रावण २०७७, शनिबार २१:१२

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ ।

गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध तनहुँ १ मा बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले शनिवार प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।

पूर्वमन्त्री जाेशी संगै कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ।

यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ। अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो, तर जवाफ चित्त बुझ्दो नभएको र पार्टीको अनुशासन उंल्लंघन गरेको पाइएकाले पार्टीबाट निस्कासन गर्ने निर्णय भएको अनुशासन समितिका संयाेजक भिष्मराज अाङदेम्बे, सदस्य उमाकान्त चाैधरी, सदस्य धनराज गुरूङ लगायतकाे हस्ताक्षर रहेकाे बिज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *