आँबुखैरेनी – तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रर्वद्धनका लागि जीवनशैंली परिवर्तन कार्यक्रम तथा योग सम्बन्धि १ दिने जनचेतनामूलक कार्यक्रम गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा बुधबार आँबुखैरेनीमा १ दिने जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

खानपानका कारण मघुमेह, मुटुरोग, मोटोपन, श्वासप्रश्वास, उच्च रक्तचाप जस्ता विभिन्न नसर्ने रोगहरु लाग्न नदिने, बच्ने उपाय तथा योगको माध्यमबाट नसा सम्बन्धि रोगको निवारण कसरी गर्न सकिन्छ भन्ने बिषयमा जनचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको कार्यक्रम संयोजक बैंद्य निरिक्षक सोमकान्त पौंडेलले जानकारी दिए ।

केन्द्रका प्रमुख तथा प्रशिक्षक डा. राम प्रवोध मण्डलले प्रशिक्षण दिनुभएको कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोखरेल, बरिष्ठ कविराज निरिक्षक बल भद्र वाग्ले, कार्यक्रम संयोजक बैंद्य निरिक्षक सोमकान्त पौंडेल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय लगायत ३५ जना भन्दा बढिको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *