विकास खनाल
म्याग्दे : म्याग्दे गाउँपालीका वडा नं ४ छिम्लिश्वारा छाङ मा कालिका माेइ अामा समुहको भवन शिलान्यास भएको छ । भवनकाे गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्री नरदेवि पुन तथा म्याग्दे गाउँपालीकाका अध्यक्ष मायादेवी रानाले संयुक्त रूपमा शिलान्यास गरे । भवनको शिलान्यास गर्दै प्रमुख अतिथि मन्त्री पुनले जहिलेसम्म हामी अाँफु स्वराेजगार बन्न सक्दैनौं त्यो बेलासम्म हामी अगाडि बढ्न सक्दैनौं भनिन् । प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय बाट स्थानीय तहले माग गरेअनुसार तालिम दिने गरेको तर तालिम लिएका अर्थात सीप सिकेका ब्यक्तिहरूले ब्यबहारमा नउतारेकाे र सिकेका सीप यत्तिकै थन्क्याएर राख्ने गरेको देख्दा दुख लागेको पुनको भनाइ थियो । मातृशिसुधर घटाउने अभियानमा सामाजिक बिकास मन्त्रालय पनि रहेको भन्दै यस विसयमा म्याग्दे गाउँपालिका एक कदम अगाडि भएकोमा मन्त्री पुनले खुसि ब्यक्त गरिन् । अन्य मन्त्रालयकाे तुलनामा सामाजिक बिकास मन्त्रालयमा बजेट कम भएकोले पनि स्थानीय तहले माग गरेअनुसार उपलब्ध गराउन नसकेको पुनले बताइन् । याेग्य , दक्ष र सक्षम नागरिक जहिलेसम्म हामीले उत्पादन गर्न सक्दैनौं त्यो बेलासम्म हामी अगाडि बढ्न सक्दैनौं उनलेे भनिन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत जिल्ला जिल्लामा हेर्ने कर्मचारी नभएकोले पनि काम गर्न अफ्ट्यारो रहेको उनको भनाइ थियो । नागरिकहरूलाइ मृगौला फेल सम्बन्धि सचेतना दिने , स्कुलहरूमा बिद्यार्थीहरू लाई बालविवाह अन्त्य सम्बन्धि सचेतना दिने , लैंगिक हिंसा अन्त्य गर्ने जस्ता बिषयहरूमा प्रदेश सरकार लागिपरेको मन्त्री पुनले बताइन् । कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले देश बनाउने ठाउँमा अहिले महिला भएको बताइन् । अहिले म्याग्दे गाउँपालीका तिव्र रूपले बिकासकाे काममा लागेको रानाकाे भनाइ थियो । म्याग्दे गाउँपालिका पृथ्वीराजमार्ग मै रहेको तर बिकासका काममा पछाडि परिरहेको अबस्थामा अाँफुहरूले स्थानीय तह सम्हालेकाे र अहिले धेरै अगाडि बढेको रानाले बताइन् । बालमृत्युदर र कुपोषण घटाउन गाउँपालिका लागिपरेको रानाको भनाइ थियोे । त्यस्तै अर्का बिशिस्ट अतिथि म्याग्दे गाउँपालीकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले भुकम्पले भत्काएको खानेपानीका मुहान , बाटाेघाटाे , पुल लगायतका भाैतिक क्षति लाई पुनर्निर्माण गर्न गाउँपालीकाकाे मात्रै पैसाले नपुग्ने हुँदा संघीय सरकार तथा प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरूवाल , वडाअध्यक्ष प्रेमबहादुर अाले , पार्वती राना लगायतले भवन समयमै बनाेस भन्ने सुभकामना दिएका थिए । पुनम थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमकाे स्वागत कमला थापाले र सञ्चालन कुमारी रानाले गरेकि थिइन् । ११ लाखको लागतमा बन्ने अामा समुहको भवन २०७८ साल असार १५ गते सम्ममा सक्ने लक्ष्य राखिएको छ । कार्यक्रममा स्थानीय युवती हरूले काैरा नृत्य प्रस्तुत गरेका थिए ।