जिल्ला युवा समितीको अध्यक्षमा ढकाल

Byखवरबाटिका

१९ बैशाख २०७८, आईतवार १४:०५ १९ बैशाख २०७८, आईतवार १४:०५ १९ बैशाख २०७८, आईतवार १४:०५

दमौली- जिल्ला युवा समितीको अध्यक्षको जिम्मेवारी रिता ढकालले सम्हालेकी छिन। आईतबार जिल्ला युवा समिति अध्यक्षको पदस्थापन कार्यक्रम सम्पन्न पश्चात ढकालले जिल्ला युवा समिति अध्यक्षको जिम्मेवारी सम्हालेकी हुन।

नेपालमा ४० प्रतिशत हिस्सा युवाले समेटेपनि जीवन संचालनका लागि  बैदेशिक रोजगारीमा आत्मनिर्भर हुनु परेको भन्दै जिल्ला समन्वय समितिका सभापति शान्तिमा वाग्लेले जिल्ला युवा समितिले युवालक्षित कार्यक्रम संचालन गर्नुपर्नेमा जोड  दिए।

पदस्थापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, नेकपाका कार्यालय सचिव राजेश्वर ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए।

जिल्ला युवा समितिका अध्यक्ष युवराज आलेको सभापतित्वमा भएको पदस्थापन कार्यक्रमको संचालन श्रीराम वाग्लेले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *