टास्क भिलेज गार्डन् रेष्टुरेन्ट एण्ड लज नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

Byखवरबाटिका

२० बैशाख २०७८, सोमबार १७:१६ २० बैशाख २०७८, सोमबार १७:१६ २० बैशाख २०७८, सोमबार १७:१६

दमौली – दमाैली बाट डेढ किलोमिटर पुर्व गल्वुवेशि स्थित सुगम पेट्रोल पम्प नजिकै रहेको टास्क भिलेज लाई अब रेष्टुरेन्ट एण्ड लजकाे रूपमा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याइएको छ ।

दमाैलीका दुई युवाहरू विकास खनाल र दिपेन्द्र सापकोटाकाे संयुक्त लगानीमा साेमबार देखि टास्क भिलेज सञ्चालनमा ल्याइएको हाे । टास्क भिलेजकाे बरिस्ठ समाजसेवी ९९ बर्सिय कृष्णराज पण्डितले पानसमा बत्ती बालेर सुभारम्भ गरे । कम्पाउन्ड सहितको ब्यबस्थित र सुरक्षित पार्किङ रहेको उक्त हाेटल प्राकृतिक दृष्टिकोणले पनि उपयुक्त छ ।

बजारको धुलो , धुवाँ र काेलाहल मुक्त वातावरणमा हरियाली पार्क सहितको हाेटल हेर्दै अाकर्सक देखिन्छ। पृथ्वी राजमार्गको छेउमै रहेको उक्त हाेटलमा २ वटा एसि रूम , १० वटा एटेच रूम र २ वटा नन एटेच रूम रहेका छन् । यस सँगै २ सय जना क्षमताको कार्यक्रम हल , सुविधा सम्पन्न शाैचालय हरू , अपांग मैत्री भवन र सय जति विभिन्न जातका फलफूलका बाेटहरू यस भित्र रहेको सञ्चालक दिपेन्द्र सापकोटाले बताए ।

हामीले पुरानो संरचनालाई पुनर्निर्माण गरेर नयाँ ब्यबस्थापनका साथ सञ्चालनमा ल्याएका छाैँ र यसले पक्कै पनि ग्राहकको मन जित्नेछ सापकोटाले भने । यहाँ आएपछि गर्मी महशुस हुँदैन , सापकोटाले थपे । बिवाह , ब्रतबन्ध , सेमिनार , बर्थडे पार्टीकाे लागि उपयुक्त हाेस् भनेर हामीले यसलाई सञ्चालनमा ल्याएका हाैँ , अर्का सञ्चालक विकास खनालले बताए। हाेटलमा मम , चाउमिन , हाँसकाे सेकुवा , लाेकल कुखुराकाे मासु , खसीकाे मासु , भुटन लगायतको परिकार , पाइने खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *