करेन्ट लागेर पुरुषको ज्यान गयो

Byखवरबाटिका

२७ बैशाख २०७८, सोमबार ११:४१ २७ बैशाख २०७८, सोमबार ११:४१ २७ बैशाख २०७८, सोमबार ११:४१

 

आँबुखैरेनी, २७ बैंशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्किचोकमा करेन्ट लागेर सोमबार बिहान एक पुरुषको ज्यान गएको छ । बिहान ६ बजे गिदरीको रुखमा घाँस काट्ने क्रममा रुख नजिकै रहेको बिजुलीको तारमा छोइएर करेन्ट लाग्दा आँबुखैरेनी–६, घलडाडाँ घर भई मार्कीचोकमा बस्दै आएका ४५ वर्षीय भिम बहादुर गुरुङ्गको ज्यान गएको हो ।

अहिले गुरुङ्गको शव आँबुखैरेनी हाडजोर्नी अस्पतालमा रहेको र पोष्टमार्टमको लागि दमौली लैजाने तयारी भैरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *