डुम्रेमा संकलित सिलिन्डरमा डुम्रे टाेल बिकास संस्थाले अक्सिजन भरिदिने

Byखवरबाटिका

३० बैशाख २०७८, बिहीबार १६:३२ ३० बैशाख २०७८, बिहीबार १६:३२ ३० बैशाख २०७८, बिहीबार १६:३२

डिपि अधिकारी /डुम्रे

तनहुँकाे डुम्रे क्षेत्रमा संकलन गरिएकाे खाली अक्सिजन सिलिन्डर डुम्रे टाेल बिकास संस्थाले भरिदिने भएकाे छ । ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे र नेपाल पत्रकार महासंघकाे समन्वयमा शनिबार र आईतबार संकलन गरिएकाे २५ सिलिन्डर मध्ये १७ वटा खाली सिलिन्डर डुम्रे टाेल बिकास संस्थाले भरिदिने भएकाे हाे ।

सिलिन्डरका लागि आवश्यक पर्ने केही उपकरण र अक्सिजन नाप्ने केही थान स्वास्थ्य सामग्री पनि खरिद गरिदिने र खाली सिलिन्डर आजै भर्नका लागि पठाईने निर्णय भएकाे डुम्रे टाेल बिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठले जानकारी दिए । अक्सिजन भरिएकाे सिलिन्डरलाई जिल्ला प्रशासन कार्यालयकाे समन्वयमा अस्पताललाई आवश्यक परेकाे खण्डमा प्रहरी कै सक्रियतामा अस्पतालमा पुर्याईने ब्यवस्था गरिने ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *