दमाैली – सामाजिक संजालमा पिसिआर परिक्षणमा चर्काे शुल्क लिएकाे आरोप लागेकाे प्रति समाधान हस्पिटल प्रा.लिले आफ्नो ध्यानाकर्षण भएकाे जनाएकाे छ । आइतबार प्रेस बिज्ञप्ती जारी गर्दै अस्पतालका संस्थापक डा. श्रीराम चन्द ठकुरीले कुनै व्यक्तिसंगकाे  राजनीतिक प्रतिशाेधकाे बिषयलाइ अस्पतालसंग नजाेड्न अनुराेध गरेका छन ।

करिब एक सातादेखी अस्पतालकाे नियमित उपचारमा रहेका बिरामीलाइ पिसिआर परिक्षण गर्नु पर्ने भएपछि दमाैलीकै एक स्थानीय ल्याबले अस्पतालमा नै आइ बिरामीकाे स्बाव संकलन गरेकाे अस्पतालले प्रेस बिज्ञप्तीमा जनाएकाे छ । पोखरा स्थित प्रयोगशालाले स्बाब परिक्षणकाे २ हजार शुल्क लिने, बिरामीकाे स्बाब संकलनका लागि एक हजार ५० रूपैयाकाे पिपिइ सेट, ३ सय रूपैयाकाे स्बाब किट, २ सय रूपैयाकाे स्वास्थ्यकर्मीकाे माक्स र फेससिड र यातायातका लागि समेत खर्च हुने गरेकाले स्वाब परिक्षण महङ्गो देखिएकाे श्रोतले जनाएकाे छ ।

स्थापनाकालदेखी नै अस्पतालमा सर्वशुलभ मुल्यमा बिरामीकाे उपचार गर्दै आइरहेकाे भन्दै अस्पतालले २४ सै घण्टा १ सय रूपैयामा डाक्टरबाट बिरामीलाइ आेपिडी सेवा प्रदान गर्दै आइरहेकाे र अन्य ल्याब तथा अन्य परिक्षणकाे शुल्क पनि सस्ताे रहेकाे अस्पतालले दाबी गरेकाे छ ।

हेर्नुहाेस अस्पतालकाे बिज्ञप्ती

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box