चिल्ड्रेन नेपालद्धारा तनहुँको म्याग्दे गापामा स्वास्थ्य सामग्री प्रदान

Byखवरबाटिका

२१ असार २०७८, सोमबार २३:०२ २१ असार २०७८, सोमबार २३:०२ २१ असार २०७८, सोमबार २३:०२

म्याग्दे – चिल्ड्रेन नेपाल पोखराले तनहुँको म्याग्दे गाउँपालिकामा स्वास्थ्य सामग्री प्रदान गरेको छ । ग्रामीण क्षेत्रमा कोरोनाको महामारी कायमै रहेकाले आम नागरिकलाई सचेत रहन भन्दै सोमबार स्वास्थ्य सामग्री वितरण गरेको हो ।
चिल्ड्रेन नेपालले म्याग्दे गाउँपालिकालाई अक्सिजन कन्सन्टे«टर १ थान, इन्फ्रारेडर थर्ममिटर २ थान, पल्स अक्सिमिटर २ थान प्रदान गरेको चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक एवं संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चिल्ड्रेन नेपालले वडा नं. २ का ३ वटा समूह मार्फत ६४ घर परिवारलाई प्रति घरपरिवार सेनिटाईजर १ थान, धोएर पुनः प्रयोग गर्न मिल्ने मास्क घरका सदस्य संख्य अनुसार, डिटोल साबुन २ वटा, डिजिटल थर्ममिटर १ वटा प्रदान गरिएको छ भने समूहका लागि पिपिई सेट ३ थान, ग्लोब्स् ३ प्याकेट, सर्जिकल मास्क ३ प्याकेट , ५ सय मि.लि. को सेनिटाईजर ३ थान प्रदान गरिएको छ ।
चिल्ड्रेन नेपालका सचिब जयन्द्र भट्टराईको सभापतित्वमा भएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले आँफूले गाउँपालिकाको  हरेक विषयमा ग्रामीण क्षेत्रलाई बढी प्राथमिकता दिएको बताउँदै कोरोनाको त्रास कै बीच वडाका स्थानीय बसिन्दा, समूह र गाउँपालिका समेतलाई महत्वपूर्ण स्वास्थ्य सामग्री प्रदान गरेको चिल्ड्रेन नेपाल र समग्र टिमलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक एवं संस्थापक अध्यक्ष पौडेल, गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धिसागर खनाल, स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे, प्रदिप न्यौपाने , चिल्ड्रेन नेपालका शिव शर्मा चापागाईं, श्रीराम घिमिरे लगाएतको सहभागिता रहेको थियो ।
चिल्ड्रेन नेपालले कोरोनाको महामारीका बीच देशका बिभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *