दमाैली – नेपाली कांग्रेस तनहुँको सभापति पदमा जितप्रकाश आले विजयी भएका छन् ।
शनिबार सम्पन्न भएको मतदानमा उनले निर्वतमान सभापति बैकुण्ठ न्यौपानेलाई पराजित गरे । वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला रहेको तनहुँमा सभापति सस्थापक पक्षधर सभापति चुनिएका छन् । आलेले ९ सय ५१ मत प्राप्त गरेका थिए भने न्यौपानेले ७८३ मत प्राप्त गरेका थिए । आलेले न्यौपानेलाई १सय ६८ मतले पछि पार्दै बिजेता भएका हुन। आलेलाई नेपाली कांग्रेसको केन्द्रिय सदस्यद्वय शंकर भण्डारीर गोविन्द भट्टराईका साथै आमन्त्रित सदस्य ध्रुव वाग्लेको साथ थियो । मतदान स्थानमै आएर केन्द्रिय नेताहरुले आफू निकट रहेका उम्मेदवारलाई भोट मागेका थिए । न्यौपानेलाई भने वरिष्ठ नेता रामचन्द्र पौडेल सङै कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले साथ दिएका थिए । पार्टिको १४ औं महाअधिवेशनमा सभापतिका दाबेदार रहेका कांग्रेस नेता रामचन्द्र पौडेललाई आफ्नै गृहजिल्लामा धक्का लागेको छ ।
यसैगरी उपसभापतिमा ९ सय ७ मत प्राप्त गरि राजेन्द्रकृष्ण श्रेष्ठले र ८ सय ७६ मत प्राप्त गरि देवकुमार श्रेष्ठ बिजयी भएका छन् । उनिहरुका प्रतिष्पर्धी उदयराज गौलीले ७२१ र किसान गुरुङले ८६६ मत प्राप्त गरेका छन् । सर्वाधिक मत प्राप्त गरेर सचिव पदमा लक्ष्मीभक्त खनाल निर्वाचित भएका छन ।उनले १०२०मत प्राप्त गरेका थिए
त्यस्तै सचिब पदमा भने ८ सय १२ मत प्राप्त गरि सहदेव अधिकारी विजयी भएका छन् । उनीहरुका प्रतिष्पर्धी केशबहादुर सुनारले ७२७ र मोहन गिरिले ८०७ मत पाएका छन् । यसैगरी सहसचिवमा मिलन आलेले ९२० मत र परमेश्वर भट्टराईले ८५९ मतका साथ बिजयी भएछन् । उनिहरुका प्रतिष्पर्धी हुतमणि अधिकारीले ७७६ मत र धिरेस खनालले ७७४ मत पाएका छन् ।
जसमध्य तनहुँ क्षेत्र नं १ बाट ९ सय २५ मत र क्षेत्र नं २ बाट ८ सय ५८ मत गरि कुल १८१६ मध्ये १७८२ मत खसेको थियो । मत गणना भने आइतबार गरिएको थियो ।