दमाैली- लियो जिल्ला परिषद ३२५ एल नेपालको कोषाध्यक्षमा सुनिल मिश्र मनोनित भएका छन । शनिबार पोखरामा भएको लियो जिल्ला परिषद ३२५बि१ नेपालको दसौं महाधिवेशनबाट लायन बर्ष २०२२/२३का लागि लियो क्लब अफ तनहुँका अध्यक्ष समेत रहेका मिश्र लियो जिल्ला परिषद ३२५ एल नेपालको कोषाध्यक्षमा मनोनीत भएका हुन । त्यस्तै अध्यक्षमा योगेस गौतम,उपाध्यक्षमा सन्तोष ढकाल र सचिबमा अभय थापा मनोनीत भएका छन ।