तनहुँमा १ सय १५ जनाले फिर्ता लिए उम्मदेवारी, कुन पालिकामा कति ?(सूची सहित)

Byकिरण श्रेष्ठ

१६ बैशाख २०७९, शुक्रबार २०:४८ १६ बैशाख २०७९, शुक्रबार २०:४८ १६ बैशाख २०७९, शुक्रबार २०:४८

तनहुँ । तनहुँमा १ सय १५ जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता फिर्ता लिएका छन ।

यहीँ वैशाख ३० गते हुन गईरहेकोे स्थानीय तहको निर्वाचनका लागि तनहुँमा गत आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ता गराएका ११५ जनाले फिर्ता लिएका हुन ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार शुक्रबार उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका अनुसार जिल्लाका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले आफ्नो उम्मेदावरी फिर्ता लिएका हुन् ।

जिल्लाको व्यास नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार शंकरनारायण श्रेष्ठ, स्वतन्त्र रुपमा कांग्रेसका बागी उम्मेदवारी दिएका वृषराज श्रेष्ठसहित १८ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि प्रसाद ढकालले जानकारी दिए ।
यस्तै व्यासमा ८ जना वडा अध्यक्ष र ८ जना सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।

शक्लागण्डकी नगरपालिकामा २ जना प्रमुख, १ जना उपप्रमुख, १३ जना वडाध्यक्ष, २१ जना सदस्य गरी ३७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

भिमाद नगरपालिकामा १ जना प्रमुख, १ जना उपप्रमुख, अन्य ७ जना गरी ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, भानु नगरपालिकामा १ जना प्रमुख, ८ जना वडाध्यक्ष, ५ जना महिला सदस्य, ६ जना खुला सदस्य गरी २० जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख ढकालले जानकारी दिए ।

त्यस्तै देवघाट गाउँपालिकामा ३ जना अध्यक्ष, १ जना वडाध्यक्षसहित ४ जना, आँबुखैरेनी गाउँपालिकामा ३ वडाध्यक्ष, २ जना सदस्य सहित ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

घिरिङ गाउँपालिकामा पालिका अध्यक्ष १ जना, वडाध्यक्ष १ जना, वडासदस्य ३ जना, महिला वडासदस्य १ जना,  ऋषिङ गाउँपालिकामा २ जना वडाध्यक्ष, १ जना सदस्य, म्याग्दे गाउँपालिकामा १ जना वडाध्यक्ष, बन्दिपुर गाउँपालिकामा १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । २ जना अध्यक्ष, १ जना उपाध्यक्ष, ३ जना वडाध्यक्ष र छ जना सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box