तनहुँ । तनहुँमा आज बिहिबार राती १२ बजेदेखि सवारीसाधन चलाउन नपाइने भएको छ । निर्वाचन आयोगको निर्णायानुसार मिति २९ गते राती १२ बजे देखी ३० गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन संचालन पूर्ण रुपमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
वैशाख ३० गतेका दिन हुने स्थानीय तह सदस्य निर्वाचनको मतदानको दिनमा सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम सवारी अनुमति प्राप्त सवारी साधन, कुटनितिक निकायका सवारी साधन र अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनहरु निजीं/सार्वजनिक लाई रोक लगाइएको हो ।
उक्त सूचनाको उल्लघन गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । यसअघी ३० गते विहान ५ बजे देखि भनिएकोमा उक्त सूचना संसोधन गरिएको प्रजिअ अर्यालले बताए ।