देवघाट । देवघाट गाउँपालिकामा मतगणना सुरू भएको छ । बिहान ७ बजेबाट सुरू हुने भनिएको मतगणना ११:३० बाट सुरू गरिएको हो । मतगणना वडा नम्बर १ बाट सुरू गरिएको छ ।
देवघाटमा ८ हजार ६४७ मत खसेको छ । जहाँ १२ हजार ८१५ मतदाता थिए । देवघाट गाउँपालिकाको वडा नम्बर ३ मा दलित महिला सदस्य मतदान अघि नै निर्विरोध निर्वाचित भईसकेकी छिन ।
देवघाट-३ को दलित महिला सदस्यमा ४१ वर्षीय मनमाया विक निर्विरोध निर्वाचित भएकी हुन । उनले नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिएकी थिइन । उक्त पदमा उनको मात्रै उम्मेदवारी परेको थियो ।