व्यास । तनहुँको व्यास नगरपालिका-८ भित्र अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार एक सुचना जारी गर्दै सो कुरा जनाएको हो ।

निर्वाचन आयोगको गत वैशाख ३१ गतेको निर्णय बमोजिम मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँद्वारा प्रकाशित सूचना अनुसार जिल्लाको व्यास नगरपालिका वडा नं ८ अन्तर्गत गा.वि.स भवन फेदी (क) र (ख) मतदान केन्द्रमा यहि जेठ ४ गते बुधवारका दिन पुनः मतदान हुने भएको छ ।

सोही दिन व्यास-८ भित्र अनुमति प्राप्त सवारी साधन, कुटनितिक नियोगका सवारी साधन र अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनहरु (निजी/सार्वजनिक) जेठ ४ गते बिहान ५ बजे देखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि पूर्ण रुपमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिए ।

उक्त सूचनाको उल्लघन गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

यस्तो छ सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box