म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका-७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा बसन्तकुमार श्रेष्ठ ७२२ मत प्राप्त गरी विजयी भएका हुन् ।

श्रेष्ठका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका नरबहादुर आलेले ५८३ मत पाए ।

खुल्ला सदस्यमा एमालेकै लक्ष्मण घर्तीले ६२६, ध्रुब बहादुर नेपालीले ६१०, महिला सदस्यमा केशीमाया मगरले ६३१ र दलित महिला सदस्यमा फूलमाया नेपालीले ६४० मत प्राप्त गरी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box