तनहुँ । तनहुँमा पनि १९औं राष्ट्रिय धान दिवस बुधबार मनाइएको छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको छ ।

धान दिवसको अवसरमा जिल्लाभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरी असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाइएको छ ।

संस्कृति जगेर्ना गर्न व्यास नगरपालिका प्रतिबद्ध रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

मेयर न्यौपानेले सो कुरा बुधबार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान तनहुँको आयोजनामा भएको तेस्रो हिले महोत्सवमा बताएका हुन ।

व्यास नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेको मेयर न्यौपानेले बताए । उनले अगाडि थपे ‘कला र संस्कृती कृषिसंग जोडिएको छ ।’

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतितिष्ठान नेपाल जिल्ला कार्य समिती तनहुँको आयोजनामा व्यास-१ अम्रेनीमा बुधबार हिले महोत्सव भएको हो ।

कृषि विकासको मूल आधार प्रोत्साहन गर्ने हाम्रो चाहाना, लोक कला संस्कृति संरक्षण तथा पर्यटन प्रबर्द्धन गर्ने हाम्रो चाहाना रहेको प्रतिष्ठानकी अध्यक्ष सितामाया गुरुङले जानकारी दिइन ।

उक्त महोत्सवमा डोरी तान्ने प्रतियोगिता, छिटो धान रोप्ने प्रतियोगिता, माछा छोप्ने र विविध सांस्कृतिक कार्यक्रम भएको प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीराम गन्धर्बले जानकारी दिए ।

यस्तै जिल्लाको अन्य स्थानमा समेत विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइएको छ ।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन छ ।

दहीच्युराको संस्कृति

असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

औपचारिक रूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।

दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *